दफा ६१६
लिजबहाल भुक्तानी गर्नु पर्ने

(१) लिजप्राप्तकर्ताले लिज करारमा उल्लेख भएको शर्त बमोजिम लिजबहाल रकम लिजदातालाई बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लिजबहाल बुझाउने शर्त उल्लेख नभएकोमा चल सम्पत्ति भए प्रत्येक महिना अन्त्य भएको भोलिपल्ट रखेती, सुविधाभार, औद्योगिक वा पूर्वाधार संरचना वा घर निर्माण गर्न लिएको जग्गा भए प्रत्येक आर्थिक वर्ष अन्त्यभएको पन्ध्र दिनभित्र र अन्य वस्तु भए प्रत्येक महिना अन्त्य भएको एक साताभित्र लिज बहाल बुझाउनु पर्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लिजमा दिएको वस्तु वा त्यसको कुनै अंश उपर कसैले हक भोगकोखिचोला देखाई, कुनै किसिमले बाधा अवरोध खडा गरी वा दाबी गरी त्यस्तो वस्तु वा त्यसको कुनै अंश लिजप्राप्तकर्तालाई पूर्ण रूपमा भोगचलन गर्न नदिएमा सो वापत लिज प्राप्तकर्ताले समानुपातिक हिसाबमा लिजबहाल घटाउनसक्नेछ ।